सहारा युकेमा नयाँ आजीवन सदस्यलाई स्वागत

by Sahara UK

बुधबार, फागुन ३०, २०८०

लन्डन । सहारा युकेमा नयाँ आजीवन सदस्यलाई स्वागत गरिएको छ ।

हालै आजीवन सदस्यता लिएका अमरबहादुर तामाङ र विमला तामाङलाई अल्डरसटस्थित ओम रेस्टुरेन्टमा स्वागत गरिएको हो ।

सो क्रममा सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, पूर्वअध्यक्ष कुमार गुरुङ, संस्थापक उपाध्यक्ष डिलराज गुरुङ, सल्लाहकार कृष्ण गुरुङ र कमल गुरुङ तथा मिडिया सेक्रेटरी तथा गर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको उपस्थिति थियो ।
दुई महिना अवधिमा सहारा युकेका १५ जना आजीवन सदस्य भएका छन् । बेलायतमा बसोबास गर्ने नेपालीले पोखराको सहारा क्लबको सहयोगका लागि सहारा युकेको स्थापना गरेका हुन् ।

यो एक परोपकारी र गैर नाफामूलक संस्था हो । नेपाल र बेलायतमा खेलकुद गतिविधि, संस्कृति र शिक्षाका क्षेत्रमा काम गर्दै आएको छ ।

Related Articles

Leave a Comment

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?