Sahara UK News
लन्डन । सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ चयन भएका छन् ।
मिचेटस्थित तमु धीं यूकेको भवनमा शनिबार आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनबाट कृष्णको नेतृत्वमा २०२४-२०२५ का लागि नयाँ कार्यसमिति छनोट भएको हो । कार्यसमिति उपाध्यक्षमा शारदा गुरुङ, महासचिवमा क्या पिताम्बर गुरुङ, सचिव मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ चयन भए ।

सीईओमा मेग गुरुङ, खेलकुद सचिवमा शमशेर गुरुङ, युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय चयन भएको निर्वाचन समितिले जनाएको छ ।
कार्यसमिति सदस्यहरुमा मनोज गुरुङ, मिलन तमु गुरुङ, सुधा गुरुङ, दल गुरुङ, देव गुरुङ, गम गुरुङ, दिपक (राजु) गुरुङ, सविन्द्रकुमार गुरुङ (एसके), अमृत गुरुङ र अजयजंग थापा रहेका छन् ।
नयाँ कार्यसमिति चयनका लागि हरि श्रेष्ठ निर्वाचन प्रमुख रहेको तीन सदस्यीय समिति बनाइएको थियो । जसमा तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ र वर्तमान उपाध्यक्ष कमल गरुङ थिए ।
अध्यक्ष ले रि कुसाङ गुरुङको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनमा उपाध्यक्ष कृष्ण गुरुङले स्वागत मन्तव्य राखेका थिए । साधारणसभामा उपाध्यक्ष कृष्ण गुरुङ, महासचिव मनोज गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, सहकोषाध्यक्ष जगन गुरुङ, सहारा एफसी टिमले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रारम्भिक मन्तव्य राखेका अध्यक्ष ले.रि गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन, आरन्ट कप वालिङ र बगर भाइखलको विषयमा बोलेका थिए ।
अध्यक्ष र महासचिवले आहा रारा गोल्डकपमा संस्थाबाट दिइने गोल्डकप, ट्रफी पुरस्कार र धन्यवाद भोजलगायत विषयमा जानकारी गराएका थिए ।
साधारणसभामा आदर्श तमु अवार्ड पाएका संस्थाका आजीवन सदस्यहरुर सेरा गुरुङ र गमबहादुर गुरुङलाई दोसल्ला र पुष्पगुच्छा दिएर धन्यवाद दिइएको थियो भने नेपाल आदिवासी जनजाति पत्रकारा महासंघ यूकेबाट शनिबार नै पुरस्कृत सहारा यूकेका कार्यसमिति सदस्य एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई पनि अध्यक्ष लेरि कुसाङ गुरुङलगायतले बधाई तथा शुभकामना दिएका थिए ।

यस्तै सहारा यूकेका सल्लाहकार चन्द्र गुरुङलाई कोल्मा बहाकोट समाज यूकेको अध्यक्षमा चयन भएको अवसरमा बधाई तथा शुभकामना दिइएको थियो । च्यारिटीका लागि नेपालबाट आएका अतिथि कलाकार दीपक थापालगायतलाई प्रमाणपत्र र खादा लगाइदिएका थिए ।

सहारा यूकेको १३ औं वार्षिक च्यारिटी डिनर नाइट सम्पन्न, चारभन्ज्याङबाट १३ सय ३० पाउन्ड सहयोग
लन्डन । सहारा यूकेको १३ औं वार्षिक च्यारिटी डिनर नाइट सम्पन्न भएको छ । यही शनिबार १८ नोभेम्बर २०२३ का दिन अल्डरसटमा रहेको एम्पायर हलमा अध्यक्ष ले.रि. कुसाङ गुरुङको अध्यक्षता र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा उक्त च्यारिटी डिनर नाइट सम्पन्न भएको हो । कार्यक्रम प्रमुख अतिथि राजदूत आचार्य र अध्यक्ष ले.रि. कुसाङले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । त्यसपछि सहारा यूकेसम्बन्धी बनाइएको ७ मिनेटको डकुमेन्ट्री देखाइएको थियो ।
महासचिव मनोज गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण गुरुङले राखेका थिए । कार्यक्रममा चारभन्ज्याङ तमु समाज यूकेले सबभन्दा धेरै १३ सय ३० पाउन्ड सहयोग प्रदान गरेको थियो । आयोजकको तर्फबाट दाता र प्रायोजकहरुलाई धन्यवाद र प्रशंसा दिएको थियो भने कलाकारहरुलाई धन्यवादसहित प्रशंसापत्र दिइएको थियो । सोही क्रममा सहारा यूकेका नयाँ सदस्यहरुलाई पनि स्वागत गरिएको थियो । नयाँ सदस्यहरुलाई सहारा यूकेको लोगो अंकित सहाराको ब्याच, गलबन्दी, टाइ अध्यक्ष ले.रि. कुसाङले प्रदान गरेका थिए । 
कार्यक्रममा ‘सहारा यूके अवार्ड-२०२३’ बाट आजीवन सदस्य गम गुरुङलाई सम्मान गरिएको थियो । यस्तै ‘सहारा यूके स्पेसल अवार्ड-२०२३’ आजीवन सदस्य सियरा गुरुङलाई दिने घोषणा गरिएको छ । सियरा गुरुङ नेपालको कर्णाली प्रदेशको ‘जाजरकोट भूकम्प’का पीडितको राहत तथा उद्धारका लागि नेपाल रहेकोले पनि पछि अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो ।
गम गुरुङलाई प्रमुख अतिथि राजदूत आचार्य, अध्यक्ष ले.रि. गुरुङले दोसल्लासहित अवार्ड प्रदान गरे । अवार्ड प्राप्त गर्नेहरुको संक्षित व्यक्तिगत विवरण सहारा यूकेका निवर्तमान अध्यक्ष कुमार गुरुङले कार्यक्रममा सुनाएका थिए ।
कार्यक्रममा विभिन्न संघ संस्थामा पदोन्नति भएका सहारा यूकेका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान गरेको थियो ।
सयपत्री नेपाली कल्चरल ग्रुप यूकेका नृत्यांगनाहरु लीकोन गुरुङ, सेलीना शाही, ऋतीका खरेल, रिस्ता खड्काले स्वागत नृत्य प्रस्तुत गरेका थिए । उक्त नृत्यको निर्देशन र कोरियोग्राफी कविता घर्तीमगर गुरुङले गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि राजदूत आचार्य सहारा यूकेले खेलकुद र सामाजिक क्षेत्रमा निकै राम्रा काम गरेको डकुमेन्ट्रीबाट थाहा पाएको उल्लेख गर्दै सहाराको योगदान सराहनीय रहेको बताए । उनले आगामी दिनमा पनि थप राम्रा काम गर्न सहारालाई प्रेरणा मिलोस् भन्ने शुभकामना दिँदै त्यसमा नेपाली दूतावास लन्डनले हातेमालो गर्ने आश्वासन दिए ।
अध्यक्ष ले.रि. गुरुङले प्रमुख अतिथि, अतिथिसहित उपस्थित महानुभावलाई धन्यवाद दिँदै कार्यक्रम सफल पारिदिने सबै पक्षप्रति कृतज्ञता प्रकट गरे ।
सांस्कृतिक कार्यक्रमको चरणमा सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ र ‘विदेश जाने मायालु..’ गीतका गायक दिपक थापाका परिवारले मीठा मीठा गीत गाएर मनोरञ्जन दिलाए ।
सांस्कृतिक कार्यक्रम सूर्य गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रमको अन्ततिर सूर्य गुरुङले भाग्योदय चिट्ठा (राफल ड्र) सञ्चालन गरेका थिए । जसको विजेता तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बनेका थिए । राफल ड्रको प्रथम पुरस्कार १ तोला सुन रहेको थियो । जसको प्रायोजक न्यू लक्ष्मी ज्वेलर्स अल्डरसट यूकेकी प्रोपाइटर लक्ष्मी राईले गरेकी थिइन् ।
यस्तै अजय थापाले प्रायोजन गरेको दोस्रो पुरस्कार २५० पाउन्ड जगना गुरुङले हात पारिन् भने बिमल गुरुङले प्रायोजन गरेको १ सय पाउन्डको तेस्रो पुरस्कार पूर्वडीएसपी वाचस्पति रेग्मीले प्राप्त गरे ।
कार्यक्रम बिट मार्नै लाग्दा सपन इन्टरटेन्टमेन्टका डाइरेक्टर सपनकुमार राईको गीत र अन्यको ककटेल डान्सले सहभागीलाई नाच्न उत्साह थपिदिएको थियो । गोर्खा मिडियाबाट उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

गोर्खा मिडिया संवाददाता आइतबार, मंसिर ३, २०८०
लन्डन । सहारा युकेले यही १८ नोभेम्बरमा एम्पाएर हल अल्डरसटमा च्यारिटी डिनर नाइट गर्ने भएको छ । सहारा युके अध्यक्ष रि.ले. कुसाङ गुरुङको अध्यक्षतामा शनिबार एभरेष्ट फुड सप क्याम्बर्लीमा बसेको संस्थाको बैठकले उक्त निर्णय गरेको हो ।
अध्यक्ष गुरुङले सहारा युकेले आफ्ना खेलकुद, शिक्षा, स्वास्थ्य र च्यारीटी सहयोगलगायत कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आर्थिक मजबुत हुनुपर्ने जनाउँदै विगतदेखि सञ्चालित च्यारिटी डिनर नाइटलाई निरन्तरता दिएको बताए ।
संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक कृष्ण गुरुङले प्रमुख अतिथिका लागि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसहित अतिथि, पाहुनालाई निम्तो पठाइसकेको बताए । कोषाध्यक्ष कुमार थापाले संस्थाको आयव्यय प्रस्तुत गरे ।
सहारा क्लब पोखराले २५औं वसन्त पार गरेको उपलक्ष्यमा सम्मानित सहारा युकेका प्रमुख सल्लाहकार महेश गुरुङ र एनआरएन युके अध्यक्षमा निर्वाचित सहारा युकेका सल्लाहकार हितकाजी गुरुङलाई सो अवसरमा सम्मान गरिएको थियो।
सहारा च्यारीटी डिनर नाइटमा गोरखा हाईस्कुलका पूर्व विद्यार्थी एवं गायक दीपक थापा र अभिषेक थापाको प्रस्तुति रहने छ ।
सहारा युकेमा रहेर उत्कृष्ट काम गर्ने २ जना पदाधिकारीलाई सहारा अवार्ड प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए।
यस्तै, राफल चिठ्ठा पहिलो पुरस्कार १ तोला सुन स्पोन्सर न्यु लक्ष्मी ज्वलर्सको प्रोपाइटर लक्ष्मी राई रहेकी छन् । अन्य प्रायोजक तय हुन बाँकी छ ।
यसैबीच, सहारा युकेले नेपालको जाजरकोट र रुकुम पश्चिममा शुक्रबार गएको भूकम्पमा भूकम्पपीडितको सहयोगार्थ १ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण गुरुङ र सञ्चालन महासचिव मनोज गुरुङले गरेका थिए ।
सहारा युकेको साताैं कार्यसमितिको २ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा अध्यक्ष रि.ले गुरुङले सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनका अनुसार आगामी १६ डिसेम्बर २०२३ मा महाधिवेशन हुनेछ । आठाै कार्यसमिति चयनका लागि सल्लाहकार एवं संस्थापक एफसी चेयरमेन हरिकुमार श्रेष्ठ संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ । जसको सदस्यमा सल्लाहकार कमल गुरुङ र सल्लाहकार ज्ञाम गुरुङ छन् । पर्यवेक्षकमा संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्व अध्यक्ष दिलीप गुरुङ एमबिई, पूर्व अध्यक्ष मीन गुरुङ र निवर्तमान अध्यक्ष कुमार गुरुङ छन्।

कार्यक्रममा सहारा युकेका सल्लाहकार, कार्यसमिति पदाधिकारी, फस्ट लेडी पञ्च गुरुङ, मञ्जु गुरुङ राई, कृष्ण गुरुङ, सदस्य लगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० १६:४०
गोर्खा मिडिया संवाददाता
“बेलायतको रिडिङ कपमा 2८ टिम लाई उछिनेर साहारा युके ले उपाधि हात पार्यो”
बेलायतको नेपाली समुदायमा वर्षेनी आयोजना हुँदै आएको रेडिङ कप फुटबल प्रतियोगिता यस वर्ष सहारा यूकेले जितेको छ। ग्रेटर रेडिङ नेप्लिज कम्युनिटीद्वारा शनिबार रेडिङको पाल्मर पार्कमा आयोजित रेडिङ कपको १५ औँ संस्करणमा सहारा टीम च्याम्पियन बनेको हो। झन्डै लामो समय पछि सहारा यु के ले एउटा फरक इतिहास रचेको छ।

बेलायत मा खेलिने फुटबल कप मध्ये को अग्रपङ्ती मा रहेको कप हो यो रेडिङ कप ,बिहानै देखि खेलाडी हरु लाई उत्साहीत गर्ने , समय ब्यबस्थापन गर्ने, काम साहारा एफ सि का चेयर मेन सारदा गुरुङ ले गर्नु भएको थियो । सहारा यु के का अध्यक्ष कुसन गुरुङ सगै रहेर खेलाडी हरुलाइ हौसला प्रदान गर्नु भएको थियो । सो कार्यक्रम मा सस्थापक , बरिस्ठ सल्लाहकार महेश गुरुङ , सल्लाहकार मीन प्रसाद गुरुङ ,सदस्य जगन गुरुङ, सदस्य सम्सेर गुरुङ , प्रेम गुरुङ को विशेष उपस्थिति रहेको थियो ।

खेलाडी हरु लाई अवस्यक जुस , फ्रुट, पानी को ब्यस्थापन सल्लाहकार मीन प्रसाद गुरुङ ज्यु ले गर्नु भएको थियो ।सो खेल टिम क्याप्टेन सन्जय बानिया को सम्योजकत्व मा उत्रिएका साहार युके का टिम ले खेल मा उत्पात मच्याउदै अगाडि बढेको साहारा एफ सि का चेयर मेन सारदा गुरुङ ले प्रयास मिडियालाइ बताउनु भयो । सहारा युके ले अझै मेहनत का साथ हामी खेल मा लाग्छौ यो जित हाम्रो सुरुवात मात्र हो।

हामिले लामो समय को मेहनत को फल हो , हिजो देखि आज सम्म हामी एउटै रफ्तारमा लागिरहेका छौ हाम्रो यात्रा निरन्तर छ आगामी दिनका खेल हरुमा हामी अझै तदारुकताका साथ लाग्नेछौ सबै खेलाडी साथी हरु लाई सिङ्गो टिम लाई नै विशेष धन्यवाद दिदै आगामी खेल झन उत्पात मच्याउने तरिका बाट खेल्ने बडो मेहनत का साथ खेल्ने साहारा युके का एफ सि चेयर मेन सारदा गुरुङ ले बताउनु भयो ।
कोच को भुमिका रोसन गुरुङ ले समहाल्नु भएको थियो । खेल को समापन पछि बरिस्ठ सल्लाहकार महेस गुरुङ ज्यु ले सबैलाइ धन्यवाद दिएर खुसी का साथ समापन गर्नु भएको थियो प्रतियोगिताको फाइनलमा मंगोलियन भाञ्जालाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै सहाराले उपाधि चुम्यो।
स्वस्थ का लागि खेल्कुद भन्नी मुल नारा सगै आज बेलायत फानब्रो रुफु खेल मैदानमा नयाँ फुटबल टिम तय भएको छ । सो टिम मा महिला हरु लाई खेलकुदमा जागरुक बनाउने उदेश्यले तय भएको गेम आज बाट यात्रा निरन्तर तय हुने कुरा सम्योजक तथा टिम क्याप्टेन रेश्मा राज भन्डारी ले जानाकारी दिनु भयो । सो खेलमा साहारा एफ सि का अध्यक्ष सारदा गुरुङ , सहारा यु ,के का उपाध्यक्ष कृष्ण गुरुङ सहारा यु ,के का निबर्तमान अध्यक्ष कुमार गुरुङ को उपस्थितिमा
सहारा यु ,के का कोच रोसन राई ले खेल लाई आफुले सके सम्म को मेहनत गरेर अगाडि बढने प्रतिबद्धता व्यक्त गर्नु भयो भाबी दिन मा सहारा यु, के सगै जोडिएर खेल मा अगाडि बढ्ने योजना रहेको कुरा क्याप्टेन रेश्मा ले जानाकारी दिनु भयो।
पोखरा, सहारा क्लब पोखराको आयोजनामा फागुन २२ देखि शुरु हुने आहा ! रारा ! गोल्ड कप फुटबल प्रतियोगिताको लागि सहारा युकेको टोली पोखरा आइपुगेको छ ।
सहारा युकेका अध्यक्ष कुमार गुरुङ सहित, उपाध्यक्ष ले. कुसाङ गुरुङ, महासचिब धनु थकाली, संस्थापक कोषाध्यक्ष तथा सहारा युकेका सल्लाहाकार राम चन्द्र गुरुङ, कार्य समिती सदस्य भोज बहादुर गुरुङ, सहारा क्लवकी पूर्व कोषाध्यक्ष उमा गुरुङ, सल्लाहाकार चन्द्र बहादुर गुरुङ, पूर्व कोषाध्यक्ष नारायण गुरुङ, गम गुरुङ सहितको टोली पोखरा आइपुगेका हुन ।
यसै गरि समाजसेवी ओम प्रकाश गुरुङ, कृष्ण गुरुङ, थमन श्रेष्ठ, प्रकाश गुरुङ, अमृत गुरुङ, सहारा युकेका कार्यसमिती सदस्य तथा फोटो पत्रकार मिलन गुरुङ समेत आहा ! रारा फुटबल प्रतियोगिाताको सन्दर्भलाई लिएर पोखरा आएका छन ।
सहारा युकेको टोली पोखरा आउनुको मुख्य ध्येय १८ औं सस्करणको आहा ! रारा गोल्ड कपलाई सफल बनाउने संगै सहारा एकेडेमीलाई समेत सहयोग गर्ने रहेको अध्यक्ष कुमारले जनाएका छन । सहारा युकेले हरेक दिनको म्यान अफ दि म्याच ट्रफी, वेष्ट प्लेयर ट्रफी तथा मेडलहरु समेत प्रदान गर्ने कार्यक्रम रहेको छ । यो सँगै हरेक खेलमा म्यान अफ दि म्याचको नगद ५ हजार समेत सहारा युकेले प्रदान गर्नेछ ।
पोखरा आएको सहारा युकेको टोलीलाई सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा, पूर्व अध्यक्षहरु बिरभद्र आचार्य, विक्रम थकाली लगाएतले स्वागत गरेका थिए ।
सहारा युकेको अध्यक्षमा भूतपूर्व ल्याप्टेन कुशाङ गुरुङ निर्वाचित भएका छन् । सहारा क्लव पोखराको भातृ संस्थाको रुपमा रहेको सहारा युकेको हालै सम्पन्न १३ औं साधारण सभा तथा छैटौं अधिवेशनले आगामी दुई वर्षीय कार्यकालको लागि गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन्।
त्यसै गरी क्लवको उपाध्यक्षमा कृष्ण गुरुङ, महासचिवमा मनोज गुरुङ, नेपाल प्रहरीका पूर्व डिएसपी समेत रहेका वाचस्पती रेग्मी सचिवमा, कोषाध्यक्षमा कुमार थापा, सहकोषाध्यक्षमा जगन गुरुङ, सहारा एफसी चेयरमेनमा सारदा गुरुङ, सहारा एफसीको सिइओमा भूतपूर्व क्या. पिताम्वर गुरुङ, स्पोर्टस सेक्रेटरीमा अनिल गुरुङ र यूवा खेलकुद संयोजकमा सन्दिप उपाध्यायलाइ सर्व सम्मत निर्वाचित गरिएको क्लवले जनाएको छ ।
क्लवको अन्य सदस्यहरुमा मिलन गुरुङ (फोटो पत्रकार), पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ राई, सुधा गुरुङ, मेघ गुरुङ, प्रेम गुरुङ, सम्शेर गुरुङ, दल गुरुङ, ध्रुव गौतम र सूर्य गुरुङ सर्वसम्मत निर्वाचित भएको सहारा युकेका निवर्तमान अध्यक्ष कुमार गुरुङले बताए । मलेशियाको कोटाकिनाबालु दौड प्रतियोगितामा सन १९९१ देखि १९९३ सम्म तीन पटक लगातार जितेर किर्तीमान बनाउँदै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ किर्तीमान गरेका नवनिर्वाचित अध्यक्ष गुरुङको रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन।
यसैबिच, सहारा युकेले हरेक वर्ष प्रदान गर्दै आएको सहारा युके अवार्ड यो वर्ष मरणोपरान्त धनु पुरन थकालीलाई उक्त अवार्ड प्रदान गरिएको छ । सहारा युकेको महासचिव पदमा रहदा उनकोे उपचारकै क्रममा ५२ वर्षको उमेरमा बेलायतमा निधन भएको थियो । उनले सहारा युकेको हरेक गतिविधी तथा कार्यक्रमहरुलाई सफल बनाउन उल्लेखनिय भुमिका खेलेका क्लवले जनाएको छ । पूर्व अध्यक्ष दिलिप गुरुङ ‘एमविइ’को संयोजकत्वमा गठित अवार्ड कमिटीले उनलाई मरणोपरान्त सहारा युके अवार्ड २०२१ बाट सम्मान गर्ने निर्णय गरेको थियो ।
यसअघि, क्लवका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सहारा यूकेका संस्थापक सल्लाहाकार तथा सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङ, संस्थापक अध्यक्ष नविन गुरुङ ,पूर्व अध्यक्ष मिन बहादुर गुरुङ, सचिव वाचस्पती रेग्मी, कोषाध्यक्ष सारदा गुरुङ, सहारा एफसीका चेयरमेन कृष्ण गुरुङ लगायतले वोलेका थिए ।



