सहारा युकेद्वारा गायक थापाको स्वास्थ्यलाभको कामनासँगै १ हजार ५०० पाउन्ड हस्तान्तरण

मंगलबार, फागुन २९, २०८०

 

लन्डन । सहारा युकेको टोलीले गायक वरिष्ठ गायक दीपक थापालाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बिरामी भएर उपचारपछि नर्थ होल लन्डनस्थित भाइको घरमा आराम गरिरहेका गायक थापालाई मंगलबार घरमै गएर भेटेको हो ।

सहारा युकेका सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ उनकी धर्मपत्नी जिना गुरुङ तथा उपाध्यक्ष शारदा गुरुङ उनकी धर्मपत्नी सन्तोषी उनको स्वास्थ्यलाभको कामना गर्न पुगेका थिए ।

सो क्रममा सहारा युकेका शुभचिन्तकका तर्फबाट फूलको गुच्छासहित स्वास्थ्यलाभको कामना गरिएको थियो भने एक हजार ५०० आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो ।

टोलीले गायक थापाका बुवाआमा, भाइबुहारी र बहिनीसहित सपरिवारसँग पनि साक्षात्कार गरेका थिए । सो अवसरमा गायक थापाको परिवारले सहारा युके र मगर एसोसिएसनको टोलीलाई धन्यवाद तथा आभार प्रकट गरेका थिए ।

सहारा युकेले गत साल गायक थापाको उपस्थितिमा उत्कृष्ट कार्यक्रम गरेको थियो । उनी बुवाआमा र भाइसँग बसिरहेको अवस्थामा अचानक स्वास्थ्यमा समस्या आएपछि केही समयअघि अस्पताल भर्ना भएका थिए । अहिले, स्वास्थ्यमा सुधार आएपछि घरमा आराम गरिरहेका छन्।

गायक थापाको परिवार अप्रिल २० मा नेपाल फर्किँदै छ। उनका ‘विदेश जाने मायालु तिमीलाई’ लगायत गीत चर्चित छन्।

Related posts

सहारा यूकेद्वारा संरक्षक अरुणकुमार चौधरी दम्पतीको सम्मानमा भव्य डिनर नाइट सम्पन्न

Sahara UK participation in Victoria Day 2025

सहारा यूकेद्वारा नेपाली फुटबलर साम्बालाई सम्मान [तस्बिरहरू]