सहारा क्लब हङकङमा नयाँ कार्यसमिति

पोखरा । सहारा क्लब हङकङको चौथो अधिवेशनले सरोज गुरुङ (खम) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
आइतबार हङकङमा भएको अधिवेशनले आगामी ३ वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको निवर्तमान अध्यक्ष दीपक गुरुङले जनाए ।
कार्यसमिति उपाध्यक्षमा सुमित्रा गुरुङ र तिलक गुरुङ, महासचिवमा ओमप्रसाद गुरुङ, सचिवमा अनिल गुरुङ, कोषाध्यक्षमा प्रवीण गुरुङ, सहकोषाध्यक्षमा उर्मिला घले छन् । सदस्यमा सरिता गुरुङ, विकास गुरुङ, राजु गुरुङ (सुपर), प्रदीप गुरुङ, राजु गुरुङ, गमन घले, कपिल गुरुङ, शरद ज्वारचन, पूर्ण गुरुङ (प्रेम), झोना गुरुङ, करना श्रेष्ठ र संगीता गुरुङ चयन भए । रिक्त पदमा पछि मनोनीत हुने छन् ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि संस्थाका सल्लाहकार कानून व्यवसायी देव गुरुङले सहारा क्लब पोखराको सहयोगमा संस्थाले गरेका गतिविधिको प्रशंसा गरे । उनले आसन्न २४ औं आहारारा पोखरा गोल्डकपका लागि थप ५१ हजार रुपैयाँ सहयोगको घोषणासमेत गरे । समाजसेवीसमेत रहेका गुरुङले क्लबलाई बर्सेनि सहयोग गर्दै आएका छन् ।
कार्यक्रममा नेपाली महासंघ हङकङका अध्यक्ष र एआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, सहारा क्लब हङकङका प्रमुख सल्लाहकार दुर्गा गुरुङ (एण्डी) लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव कुमार गुरुङले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष सरोज गुरुङ (खम) ले गरेका थिए । निर्वाचन समितिमा दुर्गा गुरुङ, अरेन्द्र गुरुङ र दुर्गा मिलन गुरुङ थिए ।

Related posts

आहा राराको रजत संस्करण २५ वर्षमा दोस्रोपल्ट च्याम्पियन

आयोजक सहारा क्लबले फाइनलमा जावलाखेल युथ क्लबलाई २–० ले हराउँदै उपाधिसहित १४ लाख जित्यो

सहारा यूकेद्वारा संरक्षक अरुणकुमार चौधरी दम्पतीको सम्मानमा भव्य डिनर नाइट सम्पन्न