अध्यक्ष कुमार सहित सहारा युकेको टोली पोखरामा

पोखरा, सहारा क्लब पोखराको आयोजनामा फागुन २२ देखि शुरु हुने आहा ! रारा ! गोल्ड कप फुटबल प्रतियोगिताको लागि सहारा युकेको टोली पोखरा आइपुगेको छ ।

सहारा युकेका अध्यक्ष कुमार गुरुङ सहित, उपाध्यक्ष ले. कुसाङ गुरुङ, महासचिब धनु थकाली, संस्थापक कोषाध्यक्ष तथा सहारा युकेका सल्लाहाकार राम चन्द्र गुरुङ, कार्य समिती सदस्य भोज बहादुर गुरुङ, सहारा क्लवकी पूर्व कोषाध्यक्ष उमा गुरुङ, सल्लाहाकार चन्द्र बहादुर गुरुङ, पूर्व कोषाध्यक्ष नारायण गुरुङ, गम गुरुङ सहितको टोली पोखरा आइपुगेका हुन ।

यसै गरि समाजसेवी ओम प्रकाश गुरुङ, कृष्ण गुरुङ, थमन श्रेष्ठ, प्रकाश गुरुङ, अमृत गुरुङ, सहारा युकेका कार्यसमिती सदस्य तथा फोटो पत्रकार मिलन गुरुङ समेत आहा ! रारा फुटबल प्रतियोगिाताको सन्दर्भलाई लिएर पोखरा आएका छन ।

सहारा युकेको टोली पोखरा आउनुको मुख्य ध्येय १८ औं सस्करणको आहा ! रारा गोल्ड कपलाई सफल बनाउने संगै सहारा एकेडेमीलाई समेत सहयोग गर्ने रहेको अध्यक्ष कुमारले जनाएका छन । सहारा युकेले हरेक दिनको म्यान अफ दि म्याच ट्रफी, वेष्ट प्लेयर ट्रफी तथा मेडलहरु समेत प्रदान गर्ने कार्यक्रम रहेको छ । यो सँगै हरेक खेलमा म्यान अफ दि म्याचको नगद ५ हजार समेत सहारा युकेले प्रदान गर्नेछ ।

पोखरा आएको सहारा युकेको टोलीलाई सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा, पूर्व अध्यक्षहरु बिरभद्र आचार्य, विक्रम थकाली लगाएतले स्वागत गरेका थिए ।

Related posts

सहारा यूकेद्वारा संरक्षक अरुणकुमार चौधरी दम्पतीको सम्मानमा भव्य डिनर नाइट सम्पन्न

Sahara UK participation in Victoria Day 2025

सहारा यूकेद्वारा नेपाली फुटबलर साम्बालाई सम्मान [तस्बिरहरू]